कर्णाली डेभलपमेन्ट बैंकले कमायो २ करोड ८८ लाख नाफा

कर्णाली डेभलपमेन्ट बैंकले कमायो २ करोड ८८ लाख नाफा


काठमाडौं–कर्णाली डेभलपमेन्ट बैंकले रु. २ करोड ८८ लाखको नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६६.१९ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो वर्षको तेस्रो त्रैमाससम्म बैंक रु. १ करोड ७३ लाख रुपैयाँ नाफामा थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ करोड ५१ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा रु. २ करोड २३ लाख रुपैयाँ थियो। बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेको छ । योसँगै अघिल्लो वर्षको यही अवधिसम्म ३.२६ प्रतिशत रहेको एनपीएल बढेर ४.९६ प्रतिशत पुगेको हो।

समीक्षा अवधिसम्म बैंकले रु. ८ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी रु. १० करोड १९ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १८.४६ प्रतिशतले कम हो। चुक्तापुँजी रु. ५० करोड २० लाख रुपैयाँ रहेको बैंकले समीक्षा अवधिसम्म रु. ४ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी रु. ३ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले रु. ४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी रु. ३ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।