बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लघुवित्त बैंकर्स संघको पन्ध्रौं साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष वसन्तराज लम्सालको अध्यक्षतामा सञ्चालन भएको सभाको वन्द सत्रले नयाँ पदाधिकारी चयन गरेको छ ।
प्रकाशराज शर्माको नेतृत्वमा निर्विरोध नयाँ कार्यक्रसमिति चयन गरेको छ । जसमा प्रकाश राज शर्मा अध्यक्ष लक्ष्मी लघुवित्त वित्तीय संस्था लि, मिन बहादुर बोहरा उपाध्यक्ष धौलागिरी लघुवित्त वित्तीय संस्था लि, राम बहादुर यादव महासचिव नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि, प्रेम बहादुर पाठक कोषाध्यक्ष उन्नति सहकार्य लघुिवत्त वित्तीय संस्था लि, केशव कुमार पौडले सचिव सबैको लघुवित्त वित्तीय संस्था लि, श्रीराम पोखरेल सदस्य जन उत्थान लघुवित्त वित्तीय संस्था लि रहेका छन् ।
त्यसैगरी गंगाधर पाण्डे सदस्य महुली लघुवित्त वित्तीय संस्था लि, प्रविण कुमार लामा सदस्य इन्फिनिटी लघुिवत्त वित्तीय संस्था लि, बद्रीप्रसाद दुलाल सदस्य आशा लघुवित्त वित्तीय संस्था लि, विनोद आचार्य सदस्य सिभिल लघुवित्त वित्तीय संस्था लि, बिमला योगी सदस्य जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लि, नयाँ कार्यसमितिमा निर्विरोध चयन हुनुभएको छ ।
नेपाल लघुवित्त बैंकर्स संघ छाता संगठनका रुपमा २०६३ सालदेखि लघुवित्त क्षेत्रको हकहीतका लागि सक्रिय रहँदैआएको छ र विद्यमान ७० मध्ये ५० वटा लघुवित्त सस्ंथाहरु यसका सदस्य छन ।
प्रतिक्रिया