पाँच रुपैयाँ दरका ३५ करोड नोट छाप्दै राष्ट्र बैंक

पाँच रुपैयाँ दरका ३५ करोड नोट छाप्दै राष्ट्र बैंक


काठमाडौं–नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड नोट छाप्ने भएको छ । शुक्रबार बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै इच्छुक योग्य कम्पनीले सूचना जारी भएको ४६ दिन भित्र दुई छुट्टाछुट्टै सिलबन्द खाममा प्राविधिक र मूल्य बोलकबोल गरी एउटै सिलबन्द खाममा समावेश गरी पेश गर्नुपर्ने जनाएको हाे । सिलबन्द खामहरु जुन ३ मा दिउँसो ३ बजे खोलिने सूचनामा उल्लेख छ ।

साथै नोट छपाईका लागि अन्तर्राष्ट्रिय टेन्डर समेत आह्वान गरिसकेको बैंकले जनाएको छ । टेन्डरमा आवेदन दिन सक्ने कम्पनीहरु भने सन् २०२१ मै पहिलो चरणको बोलकबोल मार्फत छनोट भइसकेका छन् । जसमा १० कम्पनी योग्य ठहर भएका छन् । तिनै १० कम्पनीमध्ये एक कम्पनीले नोट छाप्ने जिम्मा पाउने राष्ट्र बैंकले जनाएको छ । नेपालमै छाप्ने व्यवस्था नहुँदा राष्ट्र बैंकले नोट विदेशमा छाप्न दिने गरेको छ ।