फर्स्ट माइक्रोफाइनान्सको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?

फर्स्ट माइक्रोफाइनान्सको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

सार्वजनिक वित्तीय विवरणअनुसार संस्थाले पहिलो त्रैमासमा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ०.२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाले ४ करोड ७० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा ४ करोड ७१ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी गत वर्षको यही अवधिको तुलनामा ९.१७ प्रतिशतले घटेको छ। गत वर्ष ५ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर ४ करोड ७९ लाख रुपैयाँमा सीमित बनेको छ।

संस्थाले ९ अर्ब ६६ करोड रुपैयाँ सापटी लिई ९ अर्ब ३३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष ५ अर्ब ९४ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार २२.६० प्रतिशतले बढेर २० करोड ३६ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १६ करोड ६० लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ९६ करोड ४४ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १२.३० रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ७३.६० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२१.११ रुपैयाँ रहेको छ।