नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ८ प्रतिशतले बढ्याे

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ८ प्रतिशतले बढ्याे


काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफामा ८ प्रतिशतले वृद्धि भएको छ। बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणको समीक्षा अवधिमा बैंकले ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ कमाएको हाे। गत वर्षको यहीँ अवधिमा बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस्तै बैंकले चैत मसान्तसम्म बैंकले ११ अर्ब ३ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ७ अर्ब ७९ करोड रुपियाँ थियो। चालू आवको चैत मसान्तसम्म बैंकको कुल सञ्चालन आम्दानी १३ अर्ब १ करोड रुपियाँ र सञ्चालन नाफा ५ अर्ब ४० करोड रुपैयाँ छ ।

समिक्षा अवधिमा बैंकको खराब कर्जा (एनपीएल)बढेर ४.६६ प्रतिशत पुगेको छ। गत वर्षको चैतमा ३.९४ प्रतिशत खराब कर्जा थियो । साथै, बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड रुपैयाँ ऋणात्मक छ ।

यस्तै, समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपियाँ र जगेडा कोष २९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब रुपियाँ कर्जा लगानी गरेको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी १२.८० रुपियाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.२१ गुणा र प्रतिशेयर नेटवर्थ १७२.५७ रुपैयाँ रहेको छ।