गुराँस लाइफको सीईओमा विपिन कुमारलाल नियुक्त

गुराँस लाइफको सीईओमा विपिन कुमारलाल नियुक्त

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विपिन कुमार लाल नियुक्त भएका छन् ।

कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले कार्तिक ३ गतेदेखि लागू हुने गरी लाललाई आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको कम्पनीसचिव बोधलाल पुरीले जानकारी दिए ।

लाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बीमा समितिबाट स्वीकृती पाएसँगै सञ्चालक समितिले सीईओ नियुक्ती गरेको हो । नवनियुक्त सीईओ लालसँग एलआइसी नेपालमा विभिन्न तहमा रहेर १८ वर्ष कार्य गरेको अनुभव छ । उनले व्यवस्थापनमा स्नातकोत्तर समेत गरेका छन् ।

यसअघि नारायण कुमार भट्टराई कम्पनीमा सीइओ थिए । सीइओ भट्टराईले यक्तिगत कारण देखाई असोज १९ गते पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा कार्तिक १ गते देखि लागू हुनेगरी सञ्चालक समितिले स्वीकृत गरेको थियो ।