ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको छ । बैंकले बिहीबार एक सूचना जारी गरी संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो।

बिक्रीमा राखिएको शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। संस्थापक शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी–काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।