आइएमई जनरल इन्स्योरेन्स एशियाकै उत्कृष्ट रोजगारदाता अवार्डबाट सम्मानित

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्स एसिया बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०२१ बाट सम्मानित भएको छ। मुम्बईमा आयोजित एक कार्यक्रममा इन्स्योरेन्सलाई उक्त अवार्ड वल्र्ड एचआरडी कंग्रेसले प्रदान गरेको हो। 

उक्त अवार्ड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले जुम मार्फत ग्रहण गरेका थिए। इन्स्योरेन्सका सीईओ श्रेष्ठले उक्त अवार्डका लागि आयोजक वर्ल्ड एचआरडी कांग्रेसलाई धन्यवाद व्यक्त गरे। 

श्रेष्ठले यस सम्मानबाट आफुहरुलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा आफ्नो सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने प्रतिबद्दता जनाए। 

उनले सबै क्षेत्रबाट सदा झैँ सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे।