संयुक्त कारोबारको लागि इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले गृहकार्य थाले

संयुक्त कारोबारको लागि इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले गृहकार्य थाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले पुसमसान्त भित्र एकीकृत कारोबार गर्ने गरी सक्रियता अपनाएका छन् । यी दुई ठुला बैंकले मर्जर संझौता गरि संयुक्त कारोबारको तयारी गरेका हुन् । संयुक्त कारोबारका लागि गृह कार्य सुरु भएको नेपाल इन्भेष्टमेन्ट बैंकले जनाएको छ । यस अघि असोज मसान्ततभित्रमा एकीकृत कारोबार गर्ने तयारी गरिएको भएपनि आन्तरिक समस्याका कारण मर्जरमा ढिलाई भएको हो ।

मर्जर प्रक्रिया ढिलाई भइरहेका बेला नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले पुस मसान्त भित्र एकिकृत कारोबार गर्नेगरी प्लानिङ गरेका हुन् । गत वैशाख ३० मा हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको नामाकरण गर्नेगरी मर्जर सहमति भएको थियो । नेपाल राष्ट्र बैंकले मर्जरका लागि सैद्दान्तिक स्वीकृति दिइसकेको छ ।