वित्तीय सेवा लिनुअघि सर्तहरू पढ्ने र बुझ्ने गर्नुपर्दछ : राष्ट्र बैंक

वित्तीय सेवा लिनुअघि सर्तहरू पढ्ने र बुझ्ने गर्नुपर्दछ : राष्ट्र बैंक


काठमाडौं–नेपाल राष्ट्र बैंकले ग्राहकहरुले वित्तीय सेवा लिनुअघि सर्तहरू पढेर बुझ्नुपर्ने बताएको छ । एक सूचना जारी गर्दै बैंकले जुनसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएको हुने बताउँदै सर्तहरूको पूर्ण पालना गर्नु दुवै पक्षको कानूनी दायित्व भएको उल्लेख गरेको छ ।

केन्द्रिय बैंकले भनेको छ, ‘नबुझिएमा प्रश्न सोधी प्रष्ट हुने र हस्ताक्षर गरिएका कागजको एक प्रति आफूले सुरक्षित राख्ने गर्नुपर्दछ । ग्राहकसँग प्रश्न सोध्ने र सर्तहरू बुझ्ने अधिकार हुन्छ भने ग्राहकलाई सर्तहरू बुझाउने जिम्मेवारी वित्तीय सेवाप्रदायकको हुन्छ । ग्राहकले सोधेका प्रश्नको सही र सरल जवाफ दिनु, ग्राहकको कारोबारसम्बन्धी पूर्ण सूचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवाप्रदायकको दायित्व हो ।’

पछि गएर पछुताउनुभन्दा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरू नबुझेसम्म प्रश्न सोध्ने बानी ग्राहकको हुनुपर्नेमा राष्ट्र बैंकको जोड छ ।

यस्तो छ सूचना: