कुमारी बैंकले राख्यो साढे ४ लाख कित्ता शेयर बिक्रीमा

कुमारी बैंकले राख्यो साढे ४ लाख कित्ता शेयर बिक्रीमा


काठमाडौं–कुमारी बैंकले साढे ४ लाख कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले सोमबार लिलामी प्रक्रियामार्फत ४ लाख ५० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

सबैका लागि खुलाएको यो शेयर इच्छुक जोकोही व्यक्ति तथा संघसंस्थाले न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँसम्म अथवा न्यूनतम १० हजार कित्ता र अधिकतममा १ हजार अंकको गुणानमा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

यसका लागि वैशाख ११ गतेसम्म खरिद आवेदन पेस गर्न सकिने बैंकले जनाएको छ । लगानीकर्ताले काठमाडौंको नक्साल नागपोखरीस्थित कुमारी क्यापिटलमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ।