ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना : पैसा पठाउँदा विशेष क्यासब्याक

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना : पैसा पठाउँदा विशेष क्यासब्याक


काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा रु. पाँच सय रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।

‘पैसा आउने, थपेर पाउने’ नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा रु. पाँच सय रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ।

यस क्यासब्याक योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले रु. २५ हजार देखि रु. ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा एक सय रुपैयाँ, रु. ५० हजार एक देखि रु. एक लाख रुपैयाँसम्म पैसा पठाउँदा रु. दुई सय ५० रुपैयाँ र एक लाख रुपैयाँभन्दा बढी पैसा पठाउँदा पाँच सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

यो योजना जुन १० लागू रहने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा रु. पाँच सय रुपैयाँसम्म थप गरिदिनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखारहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् ।