काठमाडौं– आइतबार सुनको मूल्य रु. दुई हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचँदी व्यावसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु.१ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला रु. १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज तेजावी सुन रु. १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि रु. ५० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला रु. १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया