२४ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंक

२४ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंक


काठमाडौं – सरकारले पौने २५ अर्ब रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २४ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्न लागेको हो।

जसअन्तर्गत २८ दिने ५ अर्ब रुपैयाँको, ९१ दिने ७ अर्ब ७० करोड रुपैयाँको, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ७ अर्ब रुपैयाँको ट्रेजरी बिल वैशाख ४ गते जारी गरिनेछ। यी ट्रेजरी क्रमशः जेठ १ गते, साउन १ गते, असोज २९ गते र २०८२ वैशाख २ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल (भोलि) सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।