२०८० मा हवाई क्षेत्रलाई फर्केर हेर्दा

२०८० मा हवाई क्षेत्रलाई फर्केर हेर्दा


२०८० साललाई फर्केर हेर्दा सरकार साझेदार परिर्वतन बाहेक अन्य सेवा प्रदायक क्षेत्रमा उल्लेखिय उपलब्धी हुन सकेन । नेपालको हवाई क्षेत्र भौगोलिक र पर्यटकीय दृष्टीले महत्वपुर्ण मानिन्छ । विक्रम सम्वत् २०८१ सालको प्रारम्भमा फर्केर हेर्दा नेपालको हवाई क्षेत्र २०८० सालमा ठूलो उपलब्धीका हिसाबले उपलब्धीमुलक रहेन । प्रचण्ड सरकारले सक्ता साझेदार दल फेर्दा २ जना उड्डयन मन्त्री फेरिए यसलाई उल्लेखीय उपलब्धी मान्ने कुरै भएन । भौतीक निर्माणका हिसाबले धेरै काम भएपनि उपलब्धीको दृष्टीबाट हेर्दा त्यस्तो कायापलट केही भएन भन्दा फकर पर्दैन । सरकारले करोडौं रुपैयाँ लगानी गरेर बनाइएका हवाई यातायात पूर्वाधार संरचना एकपछि अर्को गर्दै प्रयोगविहीन हुँदा राज्यले ठूलो क्षति बेहोरेको छ । मुलुकभरि रहेका ५५ विमानस्थलमध्ये ३४ वटा सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये पनि दुई दर्जन विमानस्थलमा नियमित उडान हुने गरेको छैन । अब यसबर्षका महत्वपुर्ण घटनाक्रम तर्फ लागौं
चैत २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै तत्कालीन उड्डयन मन्त्री तथा हाल कर्णाली प्रदेशका प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकार लगायत ३२ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

यसका साथै सेवा प्रदायक र नियामक निकाय अलग अलग बनाउने व्यवस्था अर्थात नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयकबारेको अलमल कायम नै रहेको छ ।
नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरु ( निर्माणधिन सहित ) निजी साझेदार मोडलमा लाने बिषयमा अध्यन समिती तथा नेपाल वायुसेवा निगमलाई करारमा दिने बारे अध्ययन समिति गठन भएको छ । यो बाहेक नीतिगत कानुनीगत हिसाबले केही प्रयासहरु भएका छन् ।

कानुन:
– गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली संसोधन अन्तिम चरणमा रहेको ।
– हवाई सेवा ब्यवस्थपन नियमावलीको मस्यौदा तर्जुमा अन्तिम चरणमा रहेको ।

नीति :
– नेपाल वायु सेवा निगमको विपद उद्धार नीति २०८० स्वीकृत भएको ।

मापदण्ड :
– विमानस्थलका पसलहरुमा बिक्री हुने सामानहरुलाई उत्पादन खुद्रा एम आर पीमा बिक्री गर्न मापदण्ड तयार गरिएको ।

नेपाल वायु सेवा निगम:
– दुर्गम क्षेत्रमा उड्ने र अवतरण गर्ने जहाज खरिद गर्न प्रकाशित टेन्डर अन्तिम चरणमा रहेको ।
– सन् २०१२ बाट ग्राउडेड भएका टुइनटर जहाज मर्मत गरी सञ्चालनमा ल्याउन मर्मत संभार भैरहेको ।
– क्षेत्रीय विमानस्थलमा उडान र अवतरण गर्ने तीन र अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने तीन न्यारोबडी जहाज लिजमा लिने पत्रिया अघी बढेको छ ।
– लामो समयदेखि थन्कीएर रहेको चिनियाँ जहाजको लिलाम विक्ती प्रक्रिया अघि बढाएको ।
– नेपाल वायुसेवा जिगमको ऋणको साँवा र ब्याज वापतको करिव चार अर्व किस्ता झुक्तानी गरिएको ।
– संस्थालाई शुदृढ गर्न ब्यवस्थापन करार मार्फत निगम सञ्चालन गर्नका लागि अध्ययन समिति बनाइएको ।
– वायु सेवा निगमको सुधार अध्ययन समितिबाट प्राप्त प्रतिवेदनको कार्यान्वयनलाई तिब्रता दिईएको ।
– गुल्मीको रेसुङ्गा विमानस्थलमा व्यवसायिक उडान थालिएको

टर्मिनल:
– भरतपुर, भोजपु, विराटनगर र नेपालगञ्जको विमास्थलको आधुनिक टर्मिनल भवन निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको ।
– नेपालगञ्ज, धनगढी र विराटनगर विमानस्थलहरुमा ब्यागेज कन्भेयर बेल्ट जडान भई सञ्चालनमा आएको ।

स्तरोन्नती:
– भरतपुर विमानस्थलको स्तरोन्नतिको कार्य तिब्र गतिमा अघि बढेको ।
– उदयपुर, जुम्ला, रुकुमको चौरजहारी र सिमिकोट विमानस्थलको स्तरोन्नतिको कार्य अघि बढेको ।
– राजधानी बाहिरका आठ विमानस्थलमा रात्रीकालीन उडान शुरु गरिएको
– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम्म विद्युतीय बस सञ्चालन गरिएको ।
चीनको तिब्बत (ह्लासा) मा पहिलो अन्तर्राष्ट्रिय उडान नेपालले सुरुवात गरेको छ । यसै गरी नेपाललाई सन् २०१३ मा यूरोपेली संघले लगाएको हवाई प्रतिबन्ध भने अझै हटेको छैन ।