२०८१ सालमा कुन -कुन दिन बन्द हुन्छन् बैंक ?(सूचीसहित)

२०८१ सालमा कुन -कुन दिन बन्द हुन्छन् बैंक ?(सूचीसहित)


काठमाडौं– आजबाट सुरु भएको वि.संं २०८१ सालमा जम्मा ३७ दिन बैंक बिदा हुने भएको छ। नेपाल राष्ट्र बैंककाअनुसार यस वर्षको पहिलो बैंक बिदा वैशाख १ अर्थात् आजै रहेको छ । आज शनिबार परेको साथै सार्वजनिक बिदा हो। मानव संशाधन व्यवस्थापन विभागले एक सुचना जारी गर्दै ३७ बिदा दिने जनाएको हो ।

केन्द्रिय बैंकले नयाँ वर्ष, दशैं, तिहार, छठ, तिज, ल्होसार, फागु पूर्णिमा, क्रिसमस लगायतका बिदा तोकेको हो । वर्षको पहिलो दिन वैशाक १ गते सार्वजनिक बिदा भए पनि उक्त दिन शनिवार नै परेका कारण सार्वजनिक बिदाले एक दिन घटेको छ भने असोज २६ गते पनि दशैको बिचको शनिवार परेका कारण उक्त दिन पनि घटेको छ। तिहार बिदाकै बिचमा कात्तिक १७ गते शनिबार परेका कारण उक्त दिनको बिदा पनि घटेको छ भने पुस २७ गते पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवस परे पनि उक्त दिन शनिबार परेका कारण एक दिन घटेको छ।

यस्तै, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस बिदा भए पनि उक्त दिन शनिवार परेका कारण उक्त दिन पनि घटेको छ। यसमध्ये प्रदेश सरकारले वर्षभरी आ–आफ्नो प्रदेशमा बढीमा ६ दिनसम्मको सार्वजनिक बिदा दिन पाउँने व्यवस्था गरिएको छ । यदी ६ दिन भन्दा बढी बिदा दिन परे प्रदेश र काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुने राष्ट्र बैंकले जनाएको छ।

२०८१ को समयतालिका अनुसार बैंकहरुको कार्यालय समय वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समयम बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म रहने राष्ट्र बैंकले जनाएको छ। यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। शुक्रबारको हकमा भने १० बजदेखि १ः३० बजेसम्म बैंक खुल्ने बैंकले जनाएको छ ।

कुन कुन दिन हुन्छ बिदा ?