डेबिट/क्रेडिट कार्डमा २०.८१ प्रतिशत क्यास ब्याक दिँदै गरिमा बैंक

डेबिट/क्रेडिट कार्डमा २०.८१ प्रतिशत क्यास ब्याक दिँदै गरिमा बैंक


काठमाडौं– गरिमा विकास बैंकले डेबिट/क्रेडिट कार्डमा २०.८१ प्रतिशत क्यास ब्याक लिने योजना सार्वजनिक गरेको छ । बैंकले आउँदै गरेको नेपाली नयाँ वर्ष २०८१ लाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम रु. दुई सय नगद फिर्ता पाउन सक्ने योजना सार्वजनिक गरेको हो ।

नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्ने हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि वैशाख १ गतेदेखि ३ वैशाखसम्म लागू हुने बैंकले जनाएको छ । साथै बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा पनि सुरुवात गरिसकेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम एवं विभिन्न डिजिटल बैंकिङ्ग माध्यम बाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।