काठमाडौं– वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि संस्थागत मुद्दती निक्षेपतर्फको ब्याजदर तोकेका छन् । बैंकहरुले तोकेको नयाँ ब्याजदर अनुसार संस्थागत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर लागु गर्ने बैंकको सूचीमा एनएमबि बैंक रहेको छ । यो बैंकले वैशाखका लागि संस्थागत मुद्दती निक्षेपमा ६.९७ प्रतिशत तोकेको छ । अघिल्लो महिना यो बैंकको यस्तो ब्याजदर ६ प्रतिशत थियो ।
यस्तै वैशाखका लागि धेरै ब्याजदर तोक्ने अर्को बैंकको सूचीमा एनआईसी एशिया बैंक परेको छ । यो बैंकले आगाी महिनाका लागि ६.७ प्रतिशत ब्याजदर तोकेको हो । चैतमा भने एनआईसी एशियाको संस्थागत मुद्दती निक्षेप तर्फको ब्याजदर ७.५४८ प्रतिशत थियो । यस्तै चैतमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर ६.५ प्रतिशत रहेको प्रभु बैंकले वैशाखका लागि पनि सोही ब्याजदर कायम राखेको छ ।
यस्तै कुमारी बैंकले वैशाखका लागि ६.२६ प्रतिशत, नबिल बैंकले ६.२५ प्रतिशत, सिटिजन्सले ६.१५ प्रतिशत ब्याजदर तोकेका छन् । यी बैंकको चैतमा संस्थागत मुद्दति निक्षेप तर्फको ब्याजदर क्रमशः ६.५१ प्रतिशत, ६.२५ प्रतिशत र ६.१५ प्रतिशत थियो । यस्तै, प्राइम र सानिमा बैंकले वैशाखका लागि एउटै ब्याजदर तोकेका छन् । यी बैंकको ब्याजदर ६.१ प्रतिशत रहेको छ । अघिल्लो महिना पनि प्राइम र सानिमा बैंकले एउटै (६.२५ प्रतिशत) ब्याजदर तोकेका थिए ।
वैशाखका लागि एउटै ब्याजदर तोक्ने बैंकको सूचीमा ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज, शिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट र हिमालयन बैंक रहेका छन् । जसले ६ प्रतिशत ब्याजदर तोकेका हुन् । यी बैंकको चैतमा क्रमशः ६.६ प्रतिशत, ६.५ प्रतिशत, ६ प्रतिशत ६.५ र ६.७ प्रतिशत ब्याजदर थियो ।
यसैगरी चैतमा ६.०१ प्रतिशत ब्याजदर तोको नेपाल एसबिआई बैंकले वैशाखका लागि ५.५३ प्रतिशत ब्याजदर तोको हो । माछापुच्छ्रे बैंकले वैशाखका लागि संस्थागत मुद्दती निक्षेप तर्फको ब्याजदर ५.५ प्रतिशत तोकेको छ । अघिल्लो महिना यो बैंकको यस्तो ब्याजदर ६ प्रतिशत थियो ।
राष्ट्रिय वाणिज्य बैंकले वैशाखका लागि चैतकै ब्याजदर कायम राखेको छ । जुन ५.३५ प्रतिशत थियो । साथै स्टान्डर्ड चाटर्ड बैंकले पनि चैतकै ५.२५ प्रतिशत ब्याजदरलाई वैशाखका लागि निरन्तरता दिएको छ । नेपाल बैंकले भने वैशाखका लागि संस्थागत मुद्दती निक्षेप तर्फको ब्याजदर ४.७५ प्रतिशत तोकेको छ । चैतमा यो बैंकको यस्तो ब्याजदर ५ प्रतिशत थियो । संस्थागत मुद्दती निक्षेप तर्फ सबैभन्दा कम ब्याजदर तोक्ने बैंकको सूचीमा कृषि विकास बैंक रहेको छ । बैंकले वैशाखका लागि ४.०१ प्रतिशत ब्याजदर तोकेको छ । यो बैंकले पनि अघिल्लो महिनाको ब्याजदरलाई नै निरन्तरता दिएको हो ।
प्रतिक्रिया