नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले राख्यो ३ लाख बढी कित्ता शेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले राख्यो ३ लाख बढी कित्ता शेयर बिक्रीमा


काठमाडौं–नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूह तर्फको ३ लाख ८ हजार ९२० कित्ता शेयर बिक्रीमा राखेको हो।

हाल विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको शेयर खरिदका लागि लागि ३५ दिनको अवधि दिइएको छ। तोकिएको अवधिभित्र इच्छुक संस्थापक शेयरधनीहरुले लाजिम्पाटस्थित बैंकको शेयर शाखामा सम्पर्क खरिद आवेदन दिलन सक्नेछन् ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिद आवेदन नपरेको खण्डमा बैंकले अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने जनाएको छ।