हिमालयन बैंकद्वारा महानगरीय प्रहरी वृत्त, नयाँबानेश्वरलाई कम्युप्टर हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिनकुने, नयाँ बानेश्वर, काठमाण्डौ स्थित ‘महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर’लाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ ।

महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बंैकले रुपैया एक लाख दश हजार मुल्यको दुई थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको हो ।

बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक समीर आचार्यले उक्त महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी उपरीक्षक मीमबहादुर लामालाई एक समारोहबीच उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । सो समारोहमा बैंक तथा वृत्तका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेका थियो ।