प्रभु बैंकको साधारण सभा वैशाख २० मा

प्रभु बैंकको साधारण सभा वैशाख २० मा


काठमाडौं– प्रभु बैंकको २२ औँ वार्षिक साधारण सभा २०८१ वैशाख २० गते हुने भएको छ । बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेटबाट सुरु हुनेछ।

बैंकले सभामा आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरिर्नेछ । साथै चालु आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा अनुमोदन गरिने बैंकले जनाएको छ ।

वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते बुक क्लोज गर्ने भएकाले ४ गते अघिसम्म कायम शेयरधनीले मात्रै साधारणसभामा सहभागी हुन पाउँनेछन्।