कामना सेवाद्वारा ‘केएसबिबिएलः फाइनान्सियल फुटस्टेप्स’ भिडियो श्रृङ्खला सार्वजनिक

कामना सेवाद्वारा ‘केएसबिबिएलः फाइनान्सियल फुटस्टेप्स’ भिडियो श्रृङ्खला सार्वजनिक


काठमाडौं–कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज ‘केएसबिबिएलः फाइनान्सियल फुटस्टेप्स’ को टिजर भिडियो सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिएको बैंकले जनाएको छ । १३ वटा श्रृङ्खला भएको सो भिडियो विभिन्न आर्थिक चुनौतीहरु र माईलस्टोनहरु पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरुको सेटको जिवनलाई पछ्याउँछ।

प्रत्येक एपिसोडमा वित्तीय योजनाका विभिन्न पक्षहरुमा जीवनको आवश्यकता, चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्वलाई प्रस्तुत गरिएको छ । भिडियो श्रृङ्खलाको उद्धेश्य आकर्षक कथा–कथन मार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउनु रहेको बैंकले जनाएको छ । सो भिडियो सिरिज प्रत्येक हप्ताको आइतबार बैंकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने बैंकले जनाएको हो । बैंकले बचत, ऋण तथा बैंकिङ्ग कारोबार सम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः