सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति ?

सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड, प्रतितोला कति ?


काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। आइतबारको रेकर्ड तोड्दै सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ६०० रुपैयाँले बढेको हाे। आज छापावााला सुनको मूल्य एक लाख ३६ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ५५० रुपैयाँ रहेकाे छ।

त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ। मूल्य बढेसँगै चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ।