बाल दिवसमा रामकोट सहकारीद्वारा बाल बचतकर्तालाई स्टेशनरी सामाग्री वितरण

बाल दिवसमा रामकोट सहकारीद्वारा बाल बचतकर्तालाई स्टेशनरी सामाग्री वितरण

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार,धादिङ। 
नीलकण्ठ– ८, स्थित रामकोट बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय बाल दिवसको अवसरमा बाल बचत कर्ताहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।

संस्थाले आज एक कार्यक्रमको बीच संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठले बाल बचत कर्ताहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुभएको थियो ।

संस्थामा ७ सय ८ जना बाल बचत कर्ताहरु रहेका छन् । असोज १२ गतेसम्म संस्थाको कार्यालयमा आएर स्टेशनरी सामाग्री लिन सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । संस्थामा धेरै बाल बचत कर्ताहरु रहेको र सम्पूर्णलाई एकै दिन वितरण सम्भव नभएका कारण असोस १२ गतेसम्म वितरण गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । सहकारीले असोज १२ गते भित्र कार्यालय समयमा उपस्थित भई स्टेशनरी सामाग्री बुझ्न  आग्रह समेत गरेको छ ।

स्टेशनरी सामाग्री वितरण कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु, विभिन्न उपसमिती, सदस्य र कर्मचारीहरुको उपपस्थिती रहेको थियो ।

\"\"\"\"