ज्योति मिर्मिरे सामूहिक साकोसको २२ औं वार्षिक साधारण सभा सम्पन्न

ज्योति मिर्मिरे सामूहिक साकोसको २२ औं वार्षिक साधारण सभा सम्पन्न

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

पनौती स्थित ज्योति मिर्मिरे सामूहिक साकोसको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

पनौती नगरपालिका मेयर भिम न्यौपानेको प्रमुख आतिथ्यता तथा नेफस्कूनका सञ्चालक जिवसराज खड्काको विशेष आतिथ्यतामा सोमबार सम्पन्न भएको हो ।

‘दिगो र उत्कृष्ट वित्तिय सहकारी’ को परिकल्पना गरी समुदायमा आधारित भएर संचालित ज्योति मिर्मिरे सामूहिक साकोसका कुल पुँजी ८६ करोड पुगेको छ । काभ्रेको पनौती, बनेपा, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिका संस्थाको कार्यक्षेत्र रहेको छ । हाल ११ हजार ८ सय ५६ जना सदस्य तथा ९ सय ७७ बाल बचतकर्ता पुगेको संस्था कोषाध्यक्ष पूर्णराम तुलाधरले जानकारी गराउनु भयो । सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढंगबाट संस्थाको कारोवार सञ्चालन भएको व्यहोरा प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।

\"\"

साधारण सभा उद्घाटन समारोहका प्रमुख अतिथि न्यौपानेले नेपालको अर्थतन्त्रमा सहकारीले पु¥याएको योगदानको चर्चा गर्दै अबका दिनमा सहकारीको ध्यान गरिबि निवारण तथा उत्पादनमा र सदस्यलाई आत्म निर्भर सम्वृद्ध गर्ने विषयमा केन्द्रीत हुन पर्नेमा जोड दिनुभयो । आत्मनिर्भरताका लागि सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरा उल्लेख गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक खड्काले ज्योति मिर्मिरे सामूहिक साकोसले समूदायमा सदस्यको विश्वास जितेको भन्दै भविष्यमा समेत गुणस्तरीय सेवा प्रदान गरी अगाडी बढ्न सुझाव दिनु भएको थियो । संस्थाले विगत देखिनै समाजको आर्थिक सामाजिक र सांस्कृतिक पक्षको सकारात्मक परिवर्तनका लागि खेलेको भूमिको प्रशंसा गर्दै आगामि दिनमा अझै उर्जा शिल रुपमा काम गर्न आफनो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैगरी जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले संस्थाले गरेका क्रियाकलापको प्रशंसा गर्दै जिल्लामा अब्बल संस्थाको रुपमा स्थापीत भई नमूना संस्थाको परिचय वनाउन शुभकामना व्यक्त गर्दै जिल्ला सहकारी संघ आवश्यक सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो ।

संस्थाका सचिव दिपकप्रसाद दाहालको सञ्चालन तथा संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहकारीमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गर्ने गरि स्थापित जे एम एस सहकारी अवार्ड २०७७ बाट राष्ट्रिय सहकारी बैकका अध्यक्ष केवि उप्रेती, यसै गरी संस्थामा आवद्ध भएका सदस्यहरु मध्ये विशिष्ट स्थानमा पुग्न सफल सदस्यलाई प्रदान गर्ने गरी स्थापित विशिष्ट सदस्य अवार्ड २०७७ बाट संस्थाका सदस्य एवं नेफस्कूनका व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठ, उत्कृष्ट कर्मचारीमा विना श्रेष्ठलगायत संस्थाका उत्कृष्ट ऋणी, बचतकर्ता, बालबचत कर्तासहित ३९ जना महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।

\"\"