माछापुच्छ्रे बैंकका ग्राहकले अनलाइनबाट डिम्याट खाता खोल्न सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंकका ग्राहकले अनलाइनमार्फत डिम्याट खाता खोल्न पाउने भएका छन्। ग्राहकको सहजताका लागि यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ। 

डिम्याट खाता बैंकको वेभसाइटको अप्लाई नाउ सेक्सनमामार्फत खोल्न सकिन५। माछापुच्छ्रे बैंकमा खाता हुनेहरुले बैंकमा नगई खाता नम्बर प्राप्त गर्न सक्नेछन्। अन्य बैंक खाता रहेकाहरुले अनलाईन मार्फत डिम्याट खाता खोल्ने प्रकृया पूरा गरिसकेपछि परिचय खुल्ने कागजातसहित माछापुच्छ्रे बैंकको पायक पर्ने शाखामा गई डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन्। 

कोभिड महामारीको जोखिम कायमै रहेकाले अनलाइन प्रणाली सुरु गरिएको बैंकको भनाई छ।