नबिल बैकमा एसिस्टेन्टदेखि म्यानेजरसम्म झन्डै ४ दर्जन कर्मचारी माग

नबिल बैकमा एसिस्टेन्टदेखि म्यानेजरसम्म झन्डै ४ दर्जन कर्मचारी माग

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले बिभिन्न पदमा नयाँ कर्मचारी माग गरेको छ। बैंकले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि नयाँ कर्मचारी माग गरेको हो। 

बैंकले अधिकृत, व्यवस्थापकीय तहको हेड स्ट्र्याटेजीदेखि डिजिटल बैंकिङमा एसिस्टेन्टसम्मको पदमा ४७ जना नयाँ कर्मचारी माग गरेको हो। बिभिन्न पदका लागि बैंकले त्यहि अनुसार शैक्षिक तथा अनुभवको योग्यता तोकेको छ।   

बैंकले पदअनुसार स्नातकदेखि स्नातकोत्तरसम्मको शैक्षिक तथा २ देखि ७ बर्षसम्मको सम्बन्धित क्षेत्रमा कामको अनुभव तोकेको छ। 

नबिल बैंकमा आफ्नो बैंकिङ करियर बनाउने चाहनेले आगामी असोज १ गते शुक्रबारसम्म आबेदन दिन सक्ने बैंकले जनाएको छ।  यहाँ क्लिक गरेर आबेदन दिन सक्नुहुनेछ।