बैंकिङ्ग समाचार, काठमाडौं ।
सिन्धु विकास बैंक लिमिटेडले संचालनको ११ वर्ष पुरा गरेको छ । बैंकले १२ औं बार्षिक उत्सव बैंकको कर्पोरेट कार्यालय बनेपा, काभ्रेमा बिभिन्न कार्यक्रमहरु गरी मनाएको छ ।
यस उपलक्ष्यमा बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा बजार नजिक रहेको श्री चण्डेश्वरी भगवती मन्दीर तथा श्री धनेश्वर शिवालयमा केही थान डस्टबिनहरु वितरण गर्नुका साथै बैंकले मिति २०७८ भाद्र २५ गते शुक्रवारका दिन श्री जिल्ला रेडक्रस कार्यालय, काभ्रेको सहयोगमा बैंकको कर्पोरेट कार्यालय, बनेपामा खुला रक्तदान कार्यक्रमको आयोजना समेत गरेको जानकारी दिएको छ ।
सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित सो बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सन्ध्याकालिन बैकिङ्ग सेवा, मोवाईल बैकिङ्ग, SCT डेबिट कार्ड, SMS Banking, QR Code, C–ASBA लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।






About Us
प्रतिक्रिया