बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि क्यापिटल लिमिटेडले भदौ १७ गतेदेखि निष्काशनमा ल्याएको खुलामुखी योजना ‘एनएमबि सरल बचत फण्ड ई’ मा ४ करोड ६१ लाख ५४ हजार ४५० इकाइको लागि आवेदन परेको छ ।
फण्डको योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबारसम्म ८० हजार ९६ आवेदनबाछ उक्त माग परेको हो । फण्डले पहिलो चरणमा सर्वसाधारणलाई २ करोड ५० लाख इकाईको लागि माग गरेकोमा आइतबारसम्म १.८६ गुणा भन्दा इकाई खरीदको माग परेको हो । यससँगै फण्डको पहिलो चरणमा निष्काशन गरेको इकाईमा थप गरेर इकाई बाँडफाँड गर्नेछ ।
फण्डको इकाई खरीदका लागि धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट भदौ २१ गते सोमबार कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।
फण्डको इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया