शेयर बजार ओरालो लागेपछि गभर्नर अधिकारीको राजीनामा माग

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । शेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि निराश भएका लगानीकर्ताहरुले गभर्नरको राजीनामा माग गरेका हुन् ।

लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पूँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागको रुपमा राख्दै विभिन्न १६ बुँदे माग राखेको छ।

समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्गको व्यवस्था परिमार्जन गर्नुपर्ने लगायतका माग अघि सारेको छ ।

लगानीकर्ताहरुले पूँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै अधिकारीलाई हटाउन दबाब दिएका हुन् ।