बैंकिङ्ग समाचार, काठमाडौं ।
फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७–७८ का लागि लाभांश दिने घोषणा गरेको हो ।
संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने ९ करोड २२ लाख ९६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट ८ करोड ७६ लाख ८१ हजार २०० रुपैयाँ तथा १० प्रतिशत बोनस सेयर र ४६ लाख १४ हजार ८०० रुपैयाँ अर्थात् ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।
प्रतिक्रिया