स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाइने व्यवस्था लागू

स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाइने व्यवस्था लागू


काठमाडौं– अब स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाइने भएको छ । सरकारले बैंकमा तरलता थुप्रिन थालेपछि यस्तो व्यवस्था लागू गरेको हो ।

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई वाणिज्य बैंकहरूबाट निक्षेपमा गणना भएको रकम फिर्ता लिन आग्रह गरेसँगै मंगलबार बैंकिङ्ग प्रणालीबाट रु. ९६ अर्ब निक्षेप बाहिरिएको केन्द्रिय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार आइतबारसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन रु. ६२ खर्ब २ अर्ब रुपैयाँ थियो। जसमा वाणिज्य बैंकहरूको मात्रै रु. ५४ खर्ब ८९ अर्ब थियो।