सुनको मूल्यमा अर्को उछाल, कति पुग्यो प्रतितोला ?

सुनको मूल्यमा अर्को उछाल, कति पुग्यो प्रतितोला ?


काठमाडौं– सुनको मूल्यमा सोमबार अर्को उछाल देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।

योसँगै छापावाला सुन आइतबार १ लाख ३० हजारमा कारोबार भएकामा आजका लागि भने प्रतितोला १ लाख ३१ हजार छ सय कायम भएको छ ।

यस्तै, तेजाबी सुन आइतबार १ लाख २९ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने १ लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।