एकैदिन ११ अर्बले बढ्यो निक्षेप संकलन, अन्य सूचक कस्तो ?

एकैदिन ११ अर्बले बढ्यो निक्षेप संकलन, अन्य सूचक कस्तो ?


काठमाडौं– नेपाल राष्ट्र बैंकको चैत १५ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ९३ अर्ब निक्षेप संकलन भएको छ । चैत १४ गते ६१ खर्ब ८२ अर्ब निक्षेप रहेकोमा एकैदिन ११ अर्बले निक्षेप बढेको केन्द्रिय बैंकको तथ्यांकले देखाएको छ ।

बैंकको तथ्यांकअनुसार गत बिहीबारसम्म कुल कर्जा प्रवाह ५० खर्ब ८४ अर्ब भएको छ । जसमध्ये वाणिज्य बैंकले ४४ खर्ब ९८ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको तथ्यांकले १४ गते भने वाणिज्य बैंकले ४४ खर्ब ९७ अर्ब कर्जा प्रवाह भएको देखाएको छ । सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ७९.७० कायम भएको छ ।

बुधबार ७९.८२ रहेको सिडि रेसियो बिहीबार ०.१२ ले घटेर ७९.७० पुगेको हो । त्यस्तै, केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर २.७७ प्रतिशत रहेको देखाएको छ । बुधबार भने अन्तरबैंक ब्याज २.९३ प्रतिशत रहेको थियो ।