त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार विस्तारका कारण ३ महिना टु–जिरो रनवेमा अवतरण गर्न रोक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार विस्तारका कारण ३ महिना टु–जिरो रनवेमा अवतरण गर्न रोक


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु–जिरो)बाट पूर्वाधार निर्माणका कारण सोमबारबाट ३ महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । सबै सेवाप्रदायकलाई यस बिषयमा एक महिना अगाडि नै जानकारी गराइएको त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले बताएका छन् ।

झाका अनुसानर अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो–टु) बाट अवतरण हुने छ । विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी–वे निर्माण तथा विस्तारको काम भइरहेकाले टु–जिरो रनवेबाट अवतरण गर्न रोक लगाइए पनि यसले नियमित उडानमा कुनै फरक नपर्ने तथा अन्तर्राष्ट्रिय उडान उक्त विन्दुबाट अवतरण नहुने गरेको झाको भनाइ छ । यसबाट आन्तरिक उडानमा भने सामान्य प्रभाव पर्नेछ ।