भिटोफद्वारा पत्रकार चौलागाई सम्मानित

भिटोफद्वारा पत्रकार चौलागाई सम्मानित


काठमाडौं–क्रियाशील पर्यटन व्यवसायीहरुको संस्था गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) को २५ औँ वार्षिक साधारणसभा, तथा १२ औं महाधिवेशनको अवसरमा पर्यटन पत्रकार कुमार चौलागाई सम्मानित भएका छन्। भिटोफले चौलागाईलाई गाँउ पर्यटन प्रर्वद्धन विद्यामा उत्कृष्ट पत्रकारिता गरी योगदान पु¥याएको भन्दै उक्त सम्मान गरेको हो।

साथै वार्षिक साधारणसभा / महाधिवेशनबाट भिटोफको संचालकमा ११ जना चयन भएका छन् ।चयन हुनेमा अध्यक्षमा शकुन्तला देवकोटा, उपाध्यक्षमा हरिशरण थपलिया र मनहरि दाहाल, महासचिवमा चोपेन्द्रबहादुर खड्का, सचिवमा विनोद वस्ती, कोषाध्यक्षमा रघुनाथ पौडेल र सहकोषाध्यक्षमा नवराज तिवारी रहेका छन् । साथै सदस्यहरुमा रामेश्वर चौधरी, सृष्टि भण्डारी, प्रज्ज्वल अर्याल र सागर आचार्य चयन भएका हुन् । भिटोफको बाह्रौं अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा उनीहरुलाई संचालक समितिमा चयन गरेको हो ।