आइएमई पेबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक र पुरस्कारहरू जित्न सकिने

आइएमई पेबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक र पुरस्कारहरू जित्न सकिने


काठमाडौं– नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत आइएमई पे एप मार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् ।

यहि चैत ६ देखि जेष्ठ मसान्त सम्म तिन महिनाको लागि चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम आइएमई पेको सामाजिक सन्जालमा सार्वजनिक गरिने छ । यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको १०० प्रतिशत क्यास ब्याक पाउनेछन् ।

दोस्रो विजेताले द लेकसाइड रिट्रिट–पोखराको प्याकेज जित्न सक्नेछन भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउनेछन् । यसको साथै आइएमई पे मार्फत टिकट खरिद गर्ने ग्राहकहरुले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।