१३ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

१३ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक


काठमाडौं– नेपाल राष्ट्र बैंकले १३ अर्ब ५ करोड रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले ९१ दिने ७ अर्ब ७५ करोड रुपैयाँको र १८२ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो। यी ट्रेजरी क्रमशः २०८१ असार १९ गते र २०८१ असोज १५ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल चैत २० गते जारी हुनेछन् । यसको बोलकबोल भोलि चैत १९ गते दिउँसो ३ बजे हुनेछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।