मौसमका कारण जहाज ओभरसुट

मौसमका कारण जहाज ओभरसुट


काठमाडौं– शनिबार राति काठमाडौंमा हावाहुरीसहित आएको पानीले गर्दा झापाको चन्द्रगढीबाट आएको बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुनबाट जोगियो ।

उक्त जहाज अवतरण हुन नसकेपछि पाइलटले ओभरसुट (अवतरण हुन नसेको खण्डमा अवतरण नगरी उचाई लिन गरिने आकस्मीक कार्य ) गरेर बचाएका हुन् ।

भद्रपुर विमानस्थलबाट साँझ ६ बजे उडेको विमान पानीसहितको हावाहुरी र चट्याङले अवतरण गर्न नसक्दा ओभरसुट गर्दापनि ३ पटकसम्म खस्न लागेको थियो तर पाईलटले जहाज नियन्त्रणमा लिएर काठमाडौंबाट विराटनगर विमानस्थल लगी सुरक्षित अवतरण गराएका थिए ।

जहाज भित्रका अधिकांश यात्रु त्रसित भइसकेका र धेरैले बाँच्ने आश समेत मारिसकेको उक्त जहाजका यात्रु राधेश्याम लेकाली (साहित्यकार)ले बैंकिङ्ग समाचारलाई बताए । उनीसहितको ८ जनाको टोली इलाममा भएको ‘इलाम साहित्य महोत्सव’ मा भाग लिएर काठमाडौं फर्किदै थियो । जसमा एमाले नेतृ नविना लामा पनि थिइन् । लेकालीका अनुसार भद्रपुरबाट मौसम सफा भएको जानकारी पाएपछि विमान काठमाडौंका लागि उडेको थियो ।