तोलामा एक लाख ३० हजार पुगेको सुनको मूल्य आज स्थिर

तोलामा एक लाख ३० हजार पुगेको सुनको मूल्य आज स्थिर


काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नयाँ उचाईमा पुगेको सुनको मूल्य आज स्थिर छ । सो दिन तोलामा दुई हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । ।

योसँगै आज छापावाला सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।