नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति कति ?

नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति कति ?


काठमाडौं– नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरको छ । बैंकले सार्वजनिक गरेको उक्त विवरणअनसार केन्द्रिय बैंकको कुल सम्पत्ति १८ खर्ब ५९ अर्ब १३ करोड रुपैयाँ रहेको छ। गत असार मसान्तसम्म राष्ट्र बैंकको कुल सम्पत्ति १५ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँ थियो।

चालू आर्थिक वर्षको आठ महिनामा पौने ३ खर्बको सम्पत्ति थपेर बैंकले कुल सम्पत्ति साढे १८ अर्ब पुर्याएको हो । सोही वित्तीय विवरणअनुसार फागुन मसान्तसम्म बैंकको विदेशी मुद्रा सम्पत्ति १७ खर्ब ५२ अर्ब २३ करोड र स्वदेशी मुद्रा सम्पत्ति १ अर्ब ६ अर्ब ८३ करोड रहेको छ ।

यस्तै केन्द्रिय बैंकको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) मा २५ अर्ब ३० करोड रहेको विवरणमा उल्लेख छ । साथै विदेशका विभिन्न बैंक खातामा १ खर्ब ८२ अर्ब ९० करोड रुपैयाँ, विदेशी बैंकमा टर्म डिपोजिटतर्फ ५ खर्ब ८६ अर्ब ४८ करोड रुपैयाँ, विदेशी ऋणपत्रमा लगानीमा ८ खर्ब ८३ अर्ब ७ करोड रुपैयाँ खर्चेको छ । बैंकले विदेशी सुनमा मात्रै ७४ अर्ब ५२ करोड लगानी गरेको विवरणमा उल्लेख छ ।

यसैगरी राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थामा जम्मा ४० लाख रुपैयाँ राखेको छ भने ३६ अर्ब १७ करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गरेको छ।