कतार उडेको जहाजमा समस्या आएपछि पुनः काठमाडौं फिर्ता

कतार उडेको जहाजमा समस्या आएपछि पुनः काठमाडौं फिर्ता


काठमाडौं– नेपाल वायुसेवा निगमको काठमाडौंबाट कतारको दोहा उडेको वाइडबडी जहाजको हाइड्रोलिकमा समस्या देखिएपछि ४० मिनेट उडेर काठमाडौं फर्किएको छ ।

ए ३३०–२०० नामक ९ एन एनएलवाई कलसाइनको जहाज बिहीबार राति ११ बजे निगमको वाइडबडी काठमाडौंबाट १३० किलोमिटर उडेपछि हाइड्रोलिकमा समस्या देखिएपछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मै अवतरण गरिएको विमानस्थलका प्रवक्ता सुभाष झाले बैकिङ्ग समाचारलाई जानकारी दिएका छन् ।

बीच बाटोबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किए पछि अर्को जहाजमा राखेर राति नै यात्रुलाई दोहा पठाइसकिएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए । पौडेलका अनुसार समस्या आएको उक्त जहाज मर्मत भइसकेको तथा नियमित उडान गर्न सक्ने अवस्थामा रहेको छ ।