कामना सेवा विकास बैक र गौतम होटेल बर्दिबास बीच सम्झौता

कामना सेवा विकास बैक र गौतम होटेल बर्दिबास बीच सम्झौता


काठमाडौं– कामना सेवा विकास बैंक र गौतम होटेल बर्दिबास प्राइभेट लिमिटेड बीच सम्झौता भएको छ । दुवै संस्था बीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलको लजिङ र बिलमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।