२१ सय रुपैयाँले बढ्दै सुनको मूल्यले राख्यो नयाँ किर्तिमान, कतिमा हुँदैछ कारोबार ?

२१ सय रुपैयाँले बढ्दै सुनको मूल्यले राख्यो नयाँ किर्तिमान, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं– शुक्रबार एकै दिन प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । मूल्य बढेसँगै बिहीबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ३० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि प्रतितोला २ हजार १ सय रुपैयाँले नै बढेको छ । योसँगै तेजाबी सुन आज १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।