नेपालमा फेरी उडान भर्ने तयारीमा एयर एसिया

नेपालमा फेरी उडान भर्ने तयारीमा एयर एसिया


काठमाडौं– एयर एसियाले नेपालमा पुनः उडान भर्ने तयारी गरेको छ । एयरलाइन्सले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रयोग गरेवापतको बक्यौता रकम नतिरी उडान बन्द गरेको थियो । चार वर्षदेखि नेपालका लागि एयर एसियाको उडान बन्द भएको थियो ।

अब भने यो एयरलाइन्सले नियमित उडानको तयारी थालिसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्ननाथ निरौलाले बैंकिङ्ग समाचारलाई जानकारी दिएका छन् । प्राधिकरणमा एयर एसियाले २४ करोड रकम बक्यौता तिर्न बाँकी रहेकोमा बैंक ग्यारेन्टी ल्याएको र मासिक किस्ता बराबर एक करोड १५ लाख रूपैयाँका दरले भुक्तानी गर्न थालिसकेको उनले बताए । साथै पहिलो किस्ता भुक्तानी गरिसकेको पनि प्रवक्ता निरौलाको भनाइ छ ।

मिति नतोकेपनि चाँडै उडान सुरु गर्ने तयारी गरेको एयर एसियाले सन् २०१३ सालबाट नेपालमा व्यवसायिक उडान थालेको थियो ।