कामना सेवा विकास बैंक र द ऐ–ला लज बीच सम्झौता

कामना सेवा विकास बैंक र द ऐ–ला लज बीच सम्झौता


काठमाडौं– कामना सेवा विकास बैंक र द ऐ–ला लज बीच सेवा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी बैंकसँगको आवद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकको विश्वास छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरी रहेको छ ।