गुण एयरलाइन्सको फेरी उडान भर्ने कसरत

गुण एयरलाइन्सको फेरी उडान भर्ने कसरत


काठमाडौं– विगत १३ महिनादेखि उडान भर्न नसकेकको वायुसेवा कम्पनी गुण एयरलाइन्सले फेरी उडान भर्ने कसरत थालेको छ । एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने ५ करोड रुपैयाँ बक्यौता किस्ताबन्दीमा तिरेर जहाज उडाउन अनुमती दिन अनुरोध गर्दै निवेदन दर्ता गराएको छ ।

एयरलाइन्सले एक साता अगाडि मात्रै निवेदन दर्ता गराएको हो । तर मासिक किस्ताबन्दीमा तिर्ने बलियो आधार पेस गरेर सबै मापदण्ड पालन गरे मात्र प्राधिकरणले सहजीकरण गर्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।

गुण एयरलाइन्सले नियामक निकायबाट तोकेको शर्त पालना गर्न नसकेका कारण गुण भएका ७ वटा जहाज पनि एक वर्षभन्दा लामो समयदेखि ग्राउण्डेड छन् । अब भने गुणले नयाँ जहाज थपेर फेरी गुणस्तरीय सेवा प्रदान गर्ने जनाएको छ ।