त्रिभुवन विमानस्थलबाट ५० ग्राम सुनसहित एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट ५० ग्राम सुनसहित एक जना पक्राउ


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ५० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका–११ घर भएका २३ वर्षीय पुरूषोत्म शर्मा रहेका छन् ।

उनलाई प्रहरीले मंगलबार बिहान विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ्ग एरियाबाट बाह्‍य मुलुकदेखि नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको सुनको ब्रासलेट १ थानसहित फेला पारी पक्राउ गरिएको हो ।

थप अनुसन्धान एवम् कारबहीको लागि उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।