शिखर इन्स्योरेन्सको संचालकमा चार जना नियुक्त

शिखर इन्स्योरेन्सको संचालकमा चार जना नियुक्त


काठमाडौं– शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा चार जना नियुक्त भएका छन् । नियुक्त हुनेमा गौरव अग्रवाल, रमेश कुमार लुईटेल, डा. श्रुजना श्रेष्ठ र सौरभ जङगबहादुर राणा रहेका छन् ।

कम्पनीको १९औं वार्षिक साधारण सभाले चार वर्षका लागि उनीहरुलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।