श्रीले थप्यो २ जहाज

श्रीले थप्यो २ जहाज


काठमाडौं– निजी लगानीको श्री एयरलाइन्सले आन्तरिक तर्फ दुई जहाज थपेको छ । कम्पनीले ८० सिट क्षमताका दुई जहाज मंगलबार काठमाडौंमा अवतरण गराएको हो ।

श्री एयरका अनुसार अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाइरहेका २ जहाज किनेर ल्याइएको हो । ती दुवै जहाज नाइनएन–एओके र नाइनएन–एओएल क्यानडामा निर्माण भएको श्रीले जनाएको छ ।

यी जहाजले नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पुरा गरी छिट्टै आन्तरिक उडान भर्ने एयरलाइन्सले जनाएको छ ।